पश्चिम नेपालमा भूकम्प


 


बैतडी,  मंसिर १७

गएराति १०ः३७ बजे दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दिए ।

दार्चुला प्रहरी प्रमुख केदार खनालले जानकारी दिनुभएअनुसार अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन । सबै प्रहरी पोस्टलाई क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरिएको छ । यसको महसुस सुदूरपश्चिमका दार्चुलालगायत सबै जिल्लामा गरिएको थियो ।

प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्