साउन ३२ गते बिहीबार : कस्ताे छ तपाईंको राशिफल ?


 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचे जस्तै लाभ लिन सकिएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज काममा सफलता मिल्ने छ भने मनमा भएको बोझ हट्ने छ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । मानसम्मान समेत प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी पनि हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
चलाखीपूर्ण बलिको प्रभावले आँटेको काम हुनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । कला र गलाको प्रभाव बढ्ने छ । वाहन लाभ पनि हुने समय छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज बन्धुबान्धवबाट सहयोग मिल्ने छ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । स्वास्थ्यमा सुधार पनि आउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफन्तसँग रमाइलो भेटघाट हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा सम्बन्धमा मधुरता छाउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज लाभदायक यात्रा रहनेछ । लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्ने छ । दानपुण्यका कार्यमा सहभागी भइनेछ । शुभकार्यको चर्चा पनि होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला, तर साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । धार्मिक कार्यमा रुचि बढ्ने छ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा पनि सफलता पाइनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्