नेपाल टेलिकमले भदौ १ गतेदेखि थप नयाँ सेवा दिँदै, यस्ता छन् सुविधा


 


काठमाडौं, साउन ३१ । नेपाल टेलिकमले सीडीएमए फिक्स्ड फोन (CDMA Fixed Servicecyf{t C-Phone) प्रयोगकर्ताहरुलाई फोरजीरएलटीई नेटवर्कमा स्थानान्तरण गर्नका लागि आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ । उक्त प्याकेज आगामी भदौ १ देखि लागू हुने टेलिकमले जनाएको छ ।

सीडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकहरुले नेपाल टेलिकमको नमस्ते वाईफाई प्रयोग गर्न सक्नेछन् । ती ग्राहकका लागि अनलिमिटेड बेसिकर अनलिमिटेड प्रिमियममध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधाका साथै अन्य थप सुविधा समेत उपलब्ध गराइने छ ।

सो सेवाप्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिक अन्तर्गत दैनिक रुपमा ५ एमबीपीएस गतिसम्मको १० जीबी डाटा उपलब्ध हुने छ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ५,९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १०,४९९ रुपौयँ हुने टेलिकमले जनाएको छ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि ४,९९९ रुपैयाँ र वार्षिक अवधिकालागि ९,४९९ रुपैयाँ हुने जनाएको छ ।

त्यसैगरी अनलिमिटेड प्रिमियम अन्तर्गत दैनिक रुपमा १० एमबीपीएस गतिसम्मको १५ जीबी डाटा उपलब्ध हुने छ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्ध वार्षिक अवधिका लागि ८,९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १६,४९९ रुपैयाँ हुने कम्पनीले छ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि ७,९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १५,४९९ रुपैयाँ हुने कम्पनी जनाएका छ ।

यी सबै प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी एलटीई सीपीई (CPE–Customer Premises Equipment) समेत उपलब्ध गराइने छ ।

नयाँ जडान अन्तर्गत यसरी अर्ध वार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्क भित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रति महिना कम्पनीको नेटवर्क भित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुने कम्पनीले छ ।

यसरी उपलब्ध हुने १० जीबीवा १५ जीबी डाटा सकिएको अवस्थामा उच्चगतिको डाटा चलाउन चाहनेहरुका लागि ५० रुपैयाँमा २४ घण्टा समयावधिसम्म चलाउन मिल्ने १० जीबी डाटा एड अन प्याकको रुपमा उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले पहिलेदेखि नै सीडीएमए प्रिपेड वापोस्टपेड प्रयोगकर्तालाई जीएसएम प्रिपेड वा पोस्टपेडमा रुपान्तर हुँदा ‘सीडीएमए माइग्रेसन प्याकेज’उपलब्ध गराइरहेको छ ।

यदि सीडीएमए फिक्स्ड फोन प्रयोगकर्ताहरुले माथिको प्याकेज लिन नचाहेमा सोहीअनुसारको सीडीएमए माइग्रेसन प्याकेज लिन सकिने छ ।

यस अन्तर्गत प्रिपेड ग्राहकलाई मासिक रुपमा ३०० मिनेट अन–नेट भ्वाइस कलगर्न, ४ जीबी डाटा चलाउन र ३०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिनासम्म उपलब्ध हुनेछ ।

त्यसैगरी पोस्टपेड ग्राहकलाई मासिक रुपमा ४०० मिनेट अन–नेट भ्वाइस कलगर्न, ५० मिनेट अफ–नेट भ्वाइस कलगर्न, ६ जीबी डाटा चलाउन र २०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिनासम्म उपलब्ध हुनेछ ।

प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्