साउन ३१ गते बुधबार : कस्ताे छ तपाईंको राशिफल ?


 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका वैदेशिक कार्य र अरु कामहरू पनि पुनः सुरु हुन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, तर आफन्तको साथ र सल्लाह भने पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लाभ– हानी, सुख–दुःख बराबरी खालको समय छ । यात्रामा बाधा आइलागे पनि समस्या समाधान हुनेछ । रोकिएका कामले पनि गति लिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
जोश, जाँगर र हिम्मत बढ्ने छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ र उपहार पनि प्राप्त हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज नयाँ र शुभकार्यको चर्चा चल्ने छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य र पुँजी बजारमा प्रगति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफन्त र मित्रसँग भेटघाट हुनेछ । धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सवारी साधन प्राप्तिको योग पनि छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्ने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । पुनर्मिलनको योग रहेको छ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्