श्रीलंकाका चर्चित स्पिनर हसरंगाले २६ वर्षकै उमेरमा लिए टेष्टबाट सन्यास


 


काठमाडौं, साउन ३० । श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगाले २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

उनले सीमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्यास लिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।

टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय फम्र्याटमा भने उनी निरन्तर खेल्नेछन् । हाल क्रिकेट जगतमा उत्कृष्ट लेगस्पिनर तथा अलराउन्डरको छवि बनाएका हसरंगाले २०२० मा दक्षिण अप्रिmकाविरुद्ध सेन्चुसरियनमा टेस्टमा डेब्यू गरेका थिए ।

उनले ४ टेस्ट खेलमा १९६ रन बनाउनुको साथै चार विकेट लिएका छन् । उनले पछिल्लो पटक २०२१ अप्रिलमा बंगलादेशविरुद्ध घरेलु मैदान पालेकेलेमा अन्तिम टेस्ट खेल खेलेका थिए ।

उनले ४८ ओडीआई खेलमा ६७ विकेट लिएका छन् । ब्याटिङतर्फ उनले ४ अर्धशतकसहित कुल ८३२ रन बनाएका छन् । त्यस्तै ५८ टी–२०आई खेलमा ५३३ रन बनाउनुको साथै ९१ विकेट लिएका छन् ।

प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्