केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन


 


prachandaकाठमाडौं, मंसिर १६

प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सक डा. गोविन्द केसीका माग सम्बोधन गर्न विहीबार शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ उनले सो निर्देशन दिएका हुन् ।

चिकित्साशिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रधानमन्त्री दाहालले त्यसमा चासो दिएका हुन् ।

सो अवसरमा शिक्षामन्त्री पौडेलले चाँडोभन्दा चाँडो केसीका माग सम्बोधन गरेर अनशन तोड्ने वातावरण निर्माण गर्न लगाउने बताए ।

यसैबीच, चिकित्सा शिक्षा सुधारका लागि रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको कार्यदलले विहीबार सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्