पाकिस्तानी सरकारको आलोचना गर्ने ११ पत्रकारमाथि प्रतिबन्ध


 


एजेन्सी, साउन २९
पाकिस्तानी सरकारको आलोचना गरेको भन्दै सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाइएको छ ।

पाकिस्तानी सेनाको आलोचना गरेको आरोपमा सरकारले ११ जना पाकिस्तानी सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाइएको हो ।

समाचार अनुसार पाकिस्तानको इलेक्ट्रोनिक मिडिया वाचडगले सेना र यसअघिको शेहबाज शरीफ नेतृत्वको सरकारको आलोचना गरेको आरोप लागेका र अदालतबाट अपराधी वा अपराधी घोषित भएका पत्रकारसहित ११ जनालाई टेलिभिजन च्यानलहरूमा ठाउँ दिन प्रतिबन्ध लगाइएको हो ।

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले सिन्ध हाई कोर्टको एक आदेशलाई उद्धृत गर्दै ती पत्रकारलाई टेलिभिजनमा देखाउन नपाइने जनाइएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्