अमेरिकाको डढेलोमा परी मृत्यु हुनेको संख्या ९३ पुग्यो


 


एजेन्सी, साउन २९
अमेरिकाको जङ्गलमा लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । एक सातादेखि लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जङ्गलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्थानीय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने छ भने सो आगलागीको चपेटामा परी सयौं घाइतेसमेत भएका छन् । अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक आगलागी हो ।

हवाईका गभर्नरले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । माउई र लाहैना जस्ता सहरमा २२ सयभन्दा बढी घरहरु जलेका छन् भने सयौँ सवारी साधन पनि आगजनीका कारण ध्वस्त भएका छन् ।

बिजुली तथा खानेपानीसमेत नहुँदा मानिसहरूको दैनिक जीवन थप कष्टकर भएको छ । अधिकांश मानिसले घर छाडेर हिँडेका छन् ।

हवाईमा आगलागीका कारण ४९ लाख ७७ हजार करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गभर्नरका अनुसार हरेक दिन करिब १५ हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

हवाई राज्यमा भएको भीषण आगलागी कारण सयौँ भौतिक संरचनामा ध्वस्त भए पछि राष्ट्रपति जो बाइडेनले संघीय सरकारले पुनर्निमाणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्