यसकारण आउट भए अमनलाल मोदी !


 


काठमाडौं, साउन २८
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई माओवादी केन्द्रले फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मोदीलाई फिर्ता बोलाएसँगै जनमत पार्टीबाट सिफारिस अनितादेवी साह मन्त्री बन्नेछिन् ।

प्रचण्डको क्याबिनेटमा लामो समयदेखि मोदी रेडजोनमा पर्दै आएको चर्चा हुने गरेको थियो । मोदीको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट रहदै आएका थिए ।

उनीमाथि कर्मचारी सरुवामा चलखेल गर्ने गरेको आरोप लागेको छ । कर्मचारी वृत्तबाटै पटकपटक सरुवामा चलखेल गरेको र मन्त्रीको मर्यादा नराखी बोल्ने गरेको गुनासो सुनेपछि प्रधानमन्त्री मोदीलाई हटाउने मनस्थितिमा थिए ।

मोदी गत माघ ३ गते मन्त्री बनेका थिए। मोरङ क्षेत्र नम्बर ५ बाट लगातार दुई पटक उनले निर्वाचन जितेका हुन् । एक पटक समानुपातिक सांसद समेत बनेका मोदी पहिलो पटक मन्त्री बनेका थिए ।

प्रकाशित मिति: २८ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्