माओवादीले अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलायो


 


काठमाडौं, साउन २८

नेकपा माओवादी केन्द्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए।

मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी भएको बताइएको छ।

मोदी गत माघ ३ गते मन्त्री बनेका थिए। मोरङ क्षेत्र नम्बर ५ बाट लगातार दुई पटक निर्वाचन जितेका मोदी पहिलो पटक मन्त्री बनेका थिए।

प्रकाशित मिति: २८ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्