चीनले अफगानिस्तानमा लगानी बढाए पनि आतंकवादी चुनौतीहरू यथावत


 


एजेन्सी । हालका महिनाहरूमा चिनियाँ कम्पनीहरूले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत अफगानिस्तानमा लगानी वृद्धि गरिरहेको छ । यद्पि अफगानिस्तानमा आतंकवाद र अस्थिरताका कारण चुनौतीहरू सामना गरिरहेको भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ।

अफगानिस्तानको बारेमा चीनको विदेश मन्त्रालयको पोजिसन पेपरमा चीनले अफगानिस्तानको पुनर्निर्माण र विकासमा सहयोग गर्न ‘सत प्रयास’ गर्ने बताएको छ।

चीनले ६२बिलियन अमेरिकी डलरको सीपीईसी कनेक्टिभिटी परियोजना चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा सुरु गरेको बेल्ट एन्ड रोड इनिसिएटिभको प्रमुख हो। यो पहल चीनलाई विदेशी व्यापारमा जोड्ने उद्देश्यका साथ विश्वभर फैलिएका पूर्वाधार परियोजनाहरू र लगानीहरूको एक श्रृंखला भएको भीओएले रिपोर्ट गरेको छ।

गत हप्ता काबुलमा तालिबान अधिकारीहरूसँगको बैठकमा फ्यान चाइना अफगान माइनिङ प्रोसेसिङ एण्ड ट्रेडिङ कम्पनीका अधिकारीहरूले अफगानिस्तानमा निर्माणदेखि स्वास्थ्य ऊर्जासम्मका विभिन्न क्षेत्रमा ३५० मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका थिए।

यो कम्पनी चीनको सिनजियाङ सेन्ट्रल एसिया पेट्रोलियम एण्ड ग्यास कम्पनि र अफगानिस्तानको वाटान समूहको संयुक्त लगानी हो। जनवरीमा, तालिबानले वार्षिक १५ करोड अमेरिकी डलर लगानी गरेर देशको उत्तरमा तेल निकाल्न सीएपीईआईसीसँग सम्झौतामा हस्ताक्षर गरेको थियो।

तालिबानले अफगानिस्तानको ‘इस्लामिक इमिरेट्स’ लाई मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिरहेको छ। चीनले अफगानिस्तानमा खानी विकास र सञ्चालनमा पनि चासो देखाएको छ।

एउटा चिनियाँ कम्पनी मेटलर्जिकल कर्पोरेशन अफ चाइना (एमसीसी) ले लोगर प्रान्तको मेस ऐनाकबाट तामा निकाल्न सन् २००८ मा तत्कालीन अफगान सरकारसँग सम्झौता गरेको थियो। तर त्यो काम अहिलेसम्म सुरु भएको छैन । गत महिना तालिबानका खानी तथा पेट्रोलियम मन्त्री शाहबुद्दीन देलावरले एमसीसीलाई खानीको विकास र सञ्चालनमा ‘व्यावहारिक’ काम सुरु गर्न आग्रह गरेका थिए।

चीन-पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्ने सम्झौतामा तालिबानले कूटनीतिक जित हासिल गरेको हुनसक्ने विश्लेषकहरूले बताएका थिए। यो परियोजना कार्यान्वयनमा अझै चुनौतीहरू भएको पनि भीओएले रिपोर्ट गरेको छ।

‘तीन पक्षले क्षेत्रीय जडानको हबको रूपमा अफगानिस्तानको सम्भाव्यतालाई पूर्ण रूपमा उपयोग गर्ने आफ्नो संकल्पलाई पुन: पुष्टि गरे,’ इस्लामाबादमा तीन देशहरूको प्रतिनिधित्व गर्ने अधिकारीहरूको बैठक पछि जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ।

देशहरूले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत त्रिपक्षीय सहयोगलाई अगाडि बढाउन र चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) लाई अफगानिस्तानमा संयुक्त रूपमा विस्तार गर्न’ आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।

सन् २०२१ को अगस्टमा अफगानिस्तानमा अमेरिकी र नेटो सेनाको फिर्ती र तालिबानले कब्जा गरेपछि चीनले अफगानिस्तानको सम्पत्ति रोक्का गरेकोमा अमेरिकाको आलोचना गर्दै आएको छ।

‘अफगानिस्तानको वैदेशिक सम्पत्ति कब्जा गरेर र एकतर्फी प्रतिबन्ध लगाएर, अमेरिकाले अफगानिस्तानको समस्या सिर्जना गरेको सबैभन्दा ठूलो बाह्य कारक हो जसले अफगानिस्तानको मानवीय स्थितिमा ठोस सुधार गर्न बाधा पुर्‍याउँछ,’ चीनको विदेश मन्त्रालयले भन्यो।

तालिबानमा भएको लगानीले धेरै सुरक्षा चिन्ताहरू पनि ल्याउँछ। गत महिना प्रकाशित भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले तालिबानको अझै पनि अल-कायदा र पूर्वी तुर्किस्तान इस्लामिक मुभमेन्ट (ईटीआईएम) लगायत अन्य समूहहरूसँग सम्बन्ध रहेको बताएको छ।

चीनले सन् १९९७ मा उइगुर धार्मिक व्यक्तित्व हसन महसुमले पाकिस्तानमा स्थापना गरेको ईटीआईएमलाई आफ्नो सुरक्षाको लागि खतरा मानेको छ। तर, सन् २०२० मा अमेरिकाले ईटीआईएमलाई आतङ्ककारी सूचीबाट हटाइएको छ।

अफगानिस्तानका पूर्व यातायात तथा नागरिक उड्डयन मन्त्री हमिदुल्लाह फारुकीले भीओएलाई तालिबानले चीन र पाकिस्तानलाई ‘उनीहरूले आफ्ना सुरक्षा चिन्ताहरू सम्बोधन गर्न सक्ने र कुनै पनि आतंकवादी समूहलाई अफगान भूमि प्रयोग गर्न नदिइने भनेर आश्वस्त पार्ने प्रयास गरे।

फारुकीले अफगानिस्तानमा सीपीईसीको विस्तार ‘तालिबानले कब्जा गर्नु भन्दा धेरै वर्ष अघि विचार गरिएको’ बताएको थियो। नेपालआज

प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्