कांग्रेस सांसद शर्मा पक्राउ पर्दा एमालेको आपत्ति
काठमाडौं, साउन २६ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेपछि नेकपा एमालेले आपत्ति जनाएको छ ।
शुक्रबार प्रतिनिधि सभाका एमालेको तर्फबाट बोल्दै एमालेकी सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद शर्माको पक्राउप्रति आपत्ति जनाइन् ।
सुन प्रकरणको छानविन गर्न पटक–पटक उच्चस्तरीय समिति गठन हुनुपर्छ भन्ने आवाज उठाइरहेको व्यक्तिलाई पक्राउ गरिएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।
म्याद सकिइसकेको विषयमा बखेडा झिकेर शर्मालाइ पक्राउ गरिएको उनको आरोप छ । सांसद शर्मा बिहीबार पक्राउ परेका थिए ।
उनलाई नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।
प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार