चीनको प्राविधिक कम्पनीमा लगानी निरुत्साहित गर्ने अमेरिकाको तयारी


 


काठमाडौं । अमेरिकाले चीनको प्राविधिक कम्पनीमा आफ्ना नागरिकको लगानी निरुत्साहित गर्ने नीति ल्याएको छ । चिनियाँ प्राविधिक कम्पनीमा आफ्नो लगानी निरुत्साहित गर्ने उद्धेश्यका साथ राष्टपति जो बाईडेनले कार्यकारी आदेश जारी गर्नुभएको हो ।

चिनियाँ प्राविधिका कारण आफ्नो मुलुकमा हुने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै लगानी निरुत्साहनको नीति अघि सारिएको अमेरिकि संसदलाई बाइडेनले लेखेको पत्रमा उल्लेख गर्नुभएको छ ।

चीनको सेमिकन्डक्टर, माइक्रो इलेक्ट्रोनिक्स, क्वान्टम सूचना प्रविधि सहित केही कृत्रिम बुद्धिमता एआइ सम्बन्धी प्रणालीमा अमेरिकी लगानी निरुत्साहित गरीएको हो । राष्ट्रिय सुरक्षामा चुनौती सहित मुलुकको अर्थतन्त्रलाई मध्यनजर गर्दै सो निर्णय गरिएको अमेरिकी एक उच्च अधिकारीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । राष्ट्रपतिको कार्यकारी आदेशसँगै चीनमा अमेरिकी लगानी थप खुम्चिने भएको छ ।

चिनियाँ प्रविधिमा लगानी गर्दा अमेरिकी सेना, गुप्तचर एजेन्सी, निगरानी प्रविधि, साइबर क्षमतामा जोखिम बढेको हृवाईट हाउसको तर्क छ ।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्