सैन्य ड्रोन निर्माणमा चिनियाँ पाटपुर्जा प्रयोग गर्न भारतको प्रतिबन्ध


 


काठमाडौं । भारतले देशभित्रका सैन्य ड्रोन निर्माताहरूलाई चीनमा बनेका पाटपुर्जा प्रयोगमा रोक लगाएको छ । सुरक्षा कमजोरीको गम्भीर चिन्तापछि भारतले चिनियाँ पाटपुर्जामा प्रतिबन्ध लगाएको रोयटर्सले जनाएको छ ।

चिनियाँ ड्रोन, क्यामेरा, रेडियो ट्रान्समिटर र अपरेटिङ सफ्टवेयरमा खुफिया जानकारी संकलन गर्ने प्रविधि जडान हुन सक्ने चिन्ता भारतीय रक्षा अधिकारीहरूको छ ।

भारतले चीनसँगको तनाव र प्रतिस्पर्धाका बेला यस्तो निर्णय गरेको हो । सन् २०१९ मा पेन्टागनले पनि चीन निर्मित उपकरण किन्न र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्