सेजन अवार्डबाट दुई पत्रकार पुरस्कृत


 


samman-2काठमाण्डौ , मंसिर १५

यस वर्षको सेजन अवार्डबाट छापा र विद्युतिय विधाबाट दुई आर्थिक पत्रकार पुरस्कृत भएका छन्।

वर्षभर उत्कृष्ट समचार लेख्ने पत्रकार मध्येबाट छापामा हिमाल खबर पत्रिकाका रमेश कुमार र विद्युतीय मिडियामा रेडियो कान्तिपुरका किरण अधिकारी पुरस्कृत भएका हुन्।

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औं स्थापना दिवशको अवसर पारेर सेजन अवार्ड प्रदान गरिएको हो।

सेजन अवार्डबाट पुरस्कृत हुने दुई पत्रकारलाई नगद ५०/५० हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको हो।

सेजन अवार्ड पाउने कान्तिपुर एफएमका किरण अधिकारीले वाफिया सम्मवन्धमा लेखेको समचार उत्कृष्ट भएको छ।

त्यस्तै हिमाल खवर पत्रिकाका रमेश कुमारले भुकम्पको समयमा गैरसरकारी संस्थानको नाममा आएको रकम र त्यसको उपयोगको सम्मवन्धमा लेखेका समचार उत्कृष्ठ भएको छन्।

सेजनले यसै वर्षदेखि चार जना आर्थिक पत्रकारकरुलाई आर्थिक पत्रकारीता फेलोसिप दिन सुरु गरेको छ।

हिमालय बैंक संगको सहकार्यमा प्रदान गरिने एचविएल आर्थिक पत्रकारीता फिलोसिपको लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ प्रदान गरिएको छ।

यस वर्षको एचविएल आर्थिक पत्रकारीता फेलोसिप छापा नेपालीमा नयाँ पत्रिका दैनिकका विनय बञ्जडा र छापा अंग्रेजीमा रिपव्लिका डेलीका सागर घिमिरेलाई प्रदान गरिएको छ।

त्यस्तै फेलोसिप पाउनेमा विद्युतीय मिडियामा नेपाली पत्र अनलाइनका उद्वव थापा र अर्थको अर्थमा कार्यरत सुनिता कार्कीलाई प्रदान गरिएको छ।

त्यस्तै गत वर्षको भुकम्पको समयमा उपभोग्य बस्तुको मूल्यमा परेको प्रभाव अध्ययन गरि प्रतिवेदन तयारमा उल्लेख्य भूमिका खेलेकोमा राजधानी दैनिककी लक्ष्मी सापकोटालाई सम्मान गरिएको छ।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्