अब इमरान खानले पाँच वर्षसम्म चुनाव लड्न नपाउने
एजेन्सी, साउन २४
पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी ५ वर्षका लागि चुनाव लड्न प्रतिबन्ध लगाएको छ । इमरान खानलाई हालै मात्र तोशाखाना मुद्दामा जेल पठाइएको छ ।
उनी विगत केही महिनादेखि पाकिस्तानका विभिन्न अदालतमा आफूविरुद्ध लगाइएको आरोपलाई चुनौती दिइरहेका थिए ।
तर अन्ततः अगस्ट ५ मा इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो, जसको लगत्तै उनलाई पक्राउ गरिएको थियो ।
इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले पूर्वप्रधानमन्त्रीको गिरफ्तारीविरुद्ध देशव्यापी प्रदर्शनको आह्वान गरेको छ ।
प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार