एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव छैन -खनाल


 


jhalanath-khanal

काठमाण्डौ , मंसिर १५

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव नभएको बताएका छन ।

प्रेस चौतारी नेपाल बाराले सिमरा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले राष्ट्रिय सहमतिका लागि संविधान संशोधन गर्ने कुराको कुनै अर्थ नरहेको बताएका छन ।

संविधान कार्यान्यवनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा उन्ले जोड दिदैं एमालेको सहमति बिना कसैले संविधान संशोधनको प्रयास गरे त्यसको प्रतिवाद गर्ने बताएका छन ।

संविधान संशोधनमा सत्तारुढ दलले पुर्न्विचार गर्नुपर्ने बताउँदै खनालले एमालेसँग सहमति गरी अघि बढ्नुको विकल्प नभएको बताएका छन ।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्