कांग्रेस नेता भन्छन्– अब याे सरकारकाे काम छैन्


 


काठमाडाैं, मंसिर १५

कांग्रेसको मझौला पुस्ताका नेता चन्द्र भण्डारी अहिलेको विवादास्पद प्रदेश नं. ५ गुल्मीका हुन्। संविधानको बहुचर्चित संशोधन प्रस्ताव दर्ता नभए पनि प्रदेश ५ चलाइने कुराले अहिले त्यतातिर आगो दन्किएको छ। उक्त प्रदेशको सिमाना हेरफेरका निम्ति दलीय रुपमा त्यताका नेता विभाजित छैनन्।

संशोधनको मामिलामा स्वयम् नेपाली कांग्रेस पनि प्रष्ट भूमिकामा उभिएको छैन। द्धिविधाग्रस्त नेतृत्व र निर्णयहीनताका कारण पार्टीको संस्थापक संस्थापक निर्णय आउँदैन तर चन्द्र भण्डारीजस्ता नेता आफ्नो सरोकारको मामिलामा आफूअनुकूलको भूमिका खेल्ने गर्छन्। संविधान संशोधनको प्रसंगमा जनआस्था साप्ताहिकले उनीसँग लिएको अन्तरवार्तामा उनले वर्तमान सरकारको काम नभएको बताएका छन्।

साथै उनले बुद्धभूमिमा हिंसा निम्त्याउने काम कसको इशारामा हुँदैछ भनेर प्रश्न समेत गरेका छन्।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्