नेपालका ६ क्रिकेटरले भारतमा प्रशिक्षण लिने


 


काठमाडौं, साउन २१ । नेपाल क्रिकेट संघ (क्यान) ले ६ जना पुरुष क्रिकेट खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाउने भएको छ ।

प्रशिक्षणका लागि खेलाडी कमल ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बमलाई भारतको नयाँदिल्ली पठाउन लागिएका हो ।

उनीहरुले यसअघि पनि विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । त्यसैले उनीहरुको प्रदर्शनमा थप निखार ल्याउने उद्देश्यले प्रशिक्षणका लागि दिल्ली पठाउन लागिएको क्यानले जनाएको छ ।

भारतमा रहँदा नेपाली खेलाडीलाई प्रदीप साहुले प्रशिक्षण गराउने छन् । युजविन्दर चाहल, पवन नेगी, मनिष शर्मा, आकाश पारकरलगायतका थुप्रै खेलाडी सोही एकेडेमीका उत्पादन हुन् ।

प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्