संविधान संशोधन प्रस्ताव दर्तालार्इ के भन्छ एमाले ?


 


uml-party-officeकाठमाडाैं, मंसिर १४

सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्नको लागि संविधान संशोधन विधेयक मन्त्रीपरिषदले पारित गरेको छ भने अाजै संसदमा दर्ता समेत गराएकाे छ । प्रमुख प्रतिपक्षी दल एमालेकाे असहमतीका बाबजुत सरकारले संशाेधन प्रस्ताव दर्ता गराएकाे हाे ।

राजनीतिमा अबका केही साता दलहरूबिच ध्रुविकरण बढ्ने निश्चित प्राय: देखिएकाे छ । नेकपा एमालेले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकको प्रतिवाद गर्ने प्रतिक्रिया दिएको छ ।

एमाले सचिव प्रदिप ज्ञवालीले भने, सरकारले जानीजानी मुलुकलाई राजनीतिक द्वन्द्व र सामाजिक बिग्रहको बाटोमा धकेलेको छ ।’उनका अनुसार संशोधन विधेयकको एमालेले संसद, कानुनी र जनस्तरबाट प्रतिवाद गर्नेछ । उनले भने, यसलाई असफल पारिछाड्छौं ।’

संशाेधन संसदमा दर्ता भएसँगै सांसद रविन्द्र अधिकारीले ट्विट गर्दे लेखेका छन्, रातपरेपछि संशाेधन दर्ता ! जे नहुनु थियो त्यै भयो ! काङ्ग्रेस र माअोवादी गठबन्धनको मकसद त पुरा भयो तर देशलाइ हराउने खेल सफल हुनेछैन !

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्