नेपाललाई दियो बंगलादेशले १३४ रनको चुनौती


 


nepali-women-cricket-teamकाठमाडौं, मंसिर १४

थाइल्यान्डको बैंककमा जारी एसिया कप महिला ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत् बंगलादेशले नेपाललाई १३४ रनको विजय लक्ष्य दिएको छ ।

जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित् २० ओभरमा ४ विकेट गुमाएर १३३ रन जोड्यो । बंगलादेशका लागि निगर सुल्तनाले ३९ तथा सन्जिदा स्लामले ३५ रनको योगदान दिए ।

बलिङतर्फ नेपालकी संगीता राईले २ विकेट लिइन् । नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल आजको खेल जित्दै अंकतालिकामा खाता खोल्न चाहन्छ ।

तर टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्धको खेल पनि नेपाली चेलीका लागि सहज हुने छैन ।

यसअघि प्रतियोगिताको सुरुआती दुई खेलमा नेपाललाई पाकिस्तान र श्रीलंकाले फराकिलो अन्तरमा हराएका थिए ।

पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको नेपाल दोस्रो खेलमा सोमबार श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो ।

६ टोली सहभागी प्रतियोगिताको सबैभन्दा कमजोर टिम मानिएको नेपाल अंकतालिकाको पुछारमा छ ।

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्