नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम घट्यो
काठमाडौं, साउन १७ । साताको कारोबारको चौथो दिन आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ ।
आज नेप्से ९.२५ अंकले बढेर दुई हजार ८६ दशमलब ८४ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्सेमा सामान्य अंकको सुधार भएपनि कारोबार रकममा भने सुधार हुन सकेन । आज एक अर्ब ८१ करोड २४ लाख बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ९२ करोड ४४ लाख बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ११७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८१ कम्पनीको शेयरमूल्य घटेको छ । १९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये आरबीबी म्युचुअल फण्डको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज सबैभन्दा बढी प्रभु स्मार्ट फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ११ करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार