कति छ आज सुनको मूल्य ?


 


goldकाठमाडौं , मंसिर १४

आज मंगलबार सुनचाँदीको मूल्यमा सामन्य उतारचढाब आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा ५ रुपैयाँले गिरावट आएको छ।

सोमबार ५४ हजार ७ सय रुपैयाँ प्रतितोला कारोबार भएको सुन आज एक सयरुपैयाँ बढेर ५४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै चाँदी हिजोको तुलनामा पाँच रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ।

सोबार सुनचाँदीको मूल्य बढेको थियो। आइतबारको तुलनामा हिजो सुन प्रतितोला २ सय र चाँदी १० रुपैयाँले महँगो भएको थियो।

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्