आज साउन १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०८० साल साउन १६ गते मंगलबारको राशिफल ।

मेष

आज कतै घुम्न जाने योजना बन्न सक्छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले काम सम्पन्न पनि हुनेछ ।

मिथुन

आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक र दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

सिंह

वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ ।

तुला

आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ, तर धार्मिक कार्यमा मन चैं लाग्नेछ ।

धनु

आज धर्मकर्म, परोपकार तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ, तर मन भने कमजोर रहन सक्छ ।

कुम्भ

आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ ।

बृष

दौडधुप गर्नु गरेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्ला ।

कर्कट

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

कन्या

विद्या र बुद्धिको विकास हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

बृश्चिक

आज धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग पनि गर्नेछन् ।

मकर

आज आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने र हिम्मत बढ्नेछ ।

मीन

परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्