‘सुन प्रकरणमा गहिराइसम्म पुगेर अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउछ’


 


बुटवल । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइसम्म पुगेर अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्ने बताए।

प्रेस युनियन रुपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन तस्करी प्रकरणको अनुसन्धानमा आशंका समेत व्यक्त गरेका छन् ।

उनले भने, ‘भरियामात्रै समातेर सामसुम पार्ने विगतकै प्रवृत्ति देखा परिरहेको भन्दै पौडेलले गहिराइसम्म पुगेर अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्छ।’

पत्रकार सम्मेलनमा उनले थप्दै भने, ‘सुन प्रकरण हलुका विषय हैन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो ? भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन।’

पाैडेलले कांग्रेस पूर्ण र गहिरो छानविनको पक्षमा रहेको जिकिर गरे ।

प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्