पाकिस्तान विस्फोटमा मारिनेको संख्या ४४ पुग्यो


 


एजेन्सी, साउन १५
इस्लामिक पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा विस्फोट हुँदा पाकिस्तानमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ ।

उत्तर–पश्चिम बाजुर जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा विस्फोट हुँदा १ सय जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीले यो सम्भावित आत्मघाती विस्फोट भएको प्रमाणहरु फेला परेको जनाएको छ । सबै घाइतेहरुलाई उद्धार गरी अस्पताल पुर्‍याइएको अधिकारीहरुको भनाई छ ।

तर मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ । कम्तिमा १५ जनाको अवस्था चिन्ताजनक रहेको छ । के कारणले विस्फोट गराइयो भन्ने खुलेको छैन ।

प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्