चिनियाँ आक्रमण रोक्न ताइवानको सैन्य अभ्यास


 


एजेन्सी । ताइवानले बुधवार प्याराट्रुपर्स र हेलिकप्टरहरूको हवाइ आक्रमणविरुद्ध आफ्नो रक्षात्मक रणनीति प्रदर्शन गरेको छ । ताइवानले आफ्नो मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक एन्टी—एयरक्राफ्ट अवतरण अभ्यास गरेको हो ।

रोयटर्सका अनुसार ताइवानको सेनाले मंगलबार पनि नयाँ ताइपे शहरको बाली जिल्लामा हान कुआङ अभ्यासको तयारीमा एन्टी–ल्यान्डिङ रिहर्सल गरेको थियो।

हान कुआंग अभ्यास ताइवानमा हुने वार्षिक सैन्य अभ्यास हो । ताइवानले सन् १९८४ देखि हान कुआंग अभ्यास गर्दै आएको छ ।

टाओयुवान अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अभ्यासमा ६ हेलिकप्टर र लगभग १ सय ८० सेनाले भाग लिएका थिए । अभ्यासमा एयरपोर्टमा एयर ट्राफिक कन्ट्रोल सुविधाहरूको नियन्त्रण कब्जा गर्ने शत्रु सेनाको प्रतिकारको नक्कल गरिएको थियो । अभ्यासमा ताइवानका सशस्त्र सेनाहरूले प्रत्यक्ष फायर ड्रिल र कम्प्युटराइज्ड वार गेमहरूमा भाग लिइरहेका छन् ।

सैन्य अभ्यासले चिनियाँ आक्रमणलाई रोक्न ताइवानी सेनाको क्षमताको परीक्षण गरिरहेको ताइवानले जनाएको छ । चीनले सोमबार मात्रै ११ वटा जेट विमान उडाएको थियो भने ६ वटा नौसैनिक जहाज ताइवान वरपर घुमेको थियो । चीनले ताइवान आफूबाट छुट्टिएको एउटा प्रान्त भएको दाबी गर्दै अन्ततः फिर्ता ल्याइने बताउने गरेको छ ।

तर आफ्नै संविधान र प्रजातान्त्रिक निर्वाचन प्रणाली भएको स्वशासित टापु ताइवानले आफूलाई चीनभन्दा भिन्न ठान्छ । सेनाहरूको सामना गर्न र दुस्मनको आक्रमणलाई सुस्त बनाउन ताइवानका प्रमुख नौसेना जहाजहरू पनि टापु राष्ट्रको वरिपरी यात्रामा छन् ।

प्रकाशित मिति: ११ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्