भ्रष्टाचारमा चिनियाँ प्रविधि हुवावेको प्रयोग


 


एजेन्सी । अल्जेरियामा एक जना अधिकारी घुस खोरीमा संलग्न भएको पाइएपछि विडिङ प्रक्रिया नै रोकिएको थियो। यो एउटा मात्र होइन यस्ता अनेकन् घटना भएका छन्। जुन घटनामा हुवावे प्रविधिको प्रयोग भएका कारण घुस खोरी र भ्रस्टाचार भएको थियो। यसै कारण पश्चिमा देशले हुवावेप्रति आक्रोश व्यक्त गर्छन्। पश्चिमा देशले हुवावेमाथि लगाउँदै आएको जासुसीको आरोप पुष्टि हुने धेरै आधार देखिन थालेपछि भ्रष्टाचारमा पनि संलग्न भएको तथ्य सार्वजनिक भएको हो।

सन् २०१९ को अन्त्यमा कोरोना महामारी सुरु हुनु भन्दा अघि नै यस्ता अनेकन् घटनामा हुवावेको संलग्नता देखिएको थियो। चाहे त्यो जाम्बिायामा होस् या सालोमान टापुमा होस्। जाम्बियाको ग्रामीण क्षेत्रमा सेल् टावर बनाउने मल्टी मिलिनियर ठेक्काका थुप्रै कुरामा भ्रष्टाचारको आरोप लागेको थियो।

सालोमान टापुमा समुद्र मुनी फाइबर अब्टीक केबल बिछ्याउने क्रममा लाखौँ डलर घुसको प्रस्ताव सरकारका सामु पुगेको थियो। यसै कारण राष्ट्रिय सुरक्षामा नै आघात भएको भन्दै अमेरिका, अष्ट्रेलिया र न्युजील्यान्डले कम्पनीलाई नयाँ फाइभ-जी टेलिकम नेटवर्कका लागि नयाँ भवन बनाउने काम नै बन्द गरेको विगतको इतिहास छ। यी देशको कदमपछि नै धेरै पश्चिमा देशमा यस खालको प्रतिबन्धको बहस सुरु भएको थियो।

सन् २०१९ मै अमेरिका इरानमाथि कठोर भएपछि पूर्व पीएलएका अधिकृतको स्वामित्वमा रहेको हुवावे कम्पनीले त्यहाँको गोप्य सूचना चोर्ने काम गरेको आरोप लागेको थियो। यत्ति मात्र होइन यसमा अन्य चिनियाँ कम्पनीको पनि संलग्नता रहेको चर्चा चलेको थियो।

हुवावे धेरै जसो राष्ट्रिय सुरक्षाको विषयमा विवादमा आइरहेको छ। त्यो सँगै भ्रष्टाचारमा संलग्न अन्य धेरै विषय पनि नभएका होइनन्। यसरी एकपछि अर्को आरोप लागेपछि सो कम्पनीले विज्ञप्ति जारी गर्दै आफूहरू स्वच्छ बजारको पक्षमा रहेको दाबी भने गरेको थियो। एक सय ७० देशमा हुवावेको बजार विस्तार भइ सकेको छ।

एप्पललाई पनि पछि पारेको तथ्यांक छ त छ। तर, यसका साथै प्रयोग कर्ताहरूमा यसको जोखिम पनि दिनहुँ बढ्दो छ। दुई वर्षअघि नै अमेरिकाले इरानमा लगाएको प्रतिबन्धपछि यसको सूचना लिनका लागि तल्लीन भएको ठहर गर्दै क्यानडामा हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वाङ झाउलाई गिरफ्तार गरिएको थियो।

बेलायतले लगाएको जासुसीको आरोपको लगत्तै एसिया र अफ्रिकाका थुप्रै देशमा भ्रष्टाचारको थप आरोप समेत लागेको छ। नागरिक सरोकारको क्षेत्र र नयाँ भौतिक संरचनामा हुवावे भ्रष्टाचारमा संलग्न भएको आरोप बारम्बार लाग्ने गरेको हो।

सन् २००७ देखि २०१९ को बीचमा हुवावे र यसको अर्को सहयात्री जेडटीइ २१ देशमा भ्रष्टाचारमा संलग्न भएको इतिहास छ। यसमा अल्जेरिया र घाना जस्ता एक दर्जन अफ्रिकी देश मात्र होइन फिलिपिन्स, मलेसिया, नर्वे, पपुवा न्युगीनी, मङ्गोलिया, सालोमान टापु, चीनसमेत रहेका छन्। अमेरिकाका पूर्व हाउस इन्टलिजेन्स कमिटीका प्राध्यापक एन्डी केसरका अनुसार हुवावेको हरेक भूमिका द्विविधायुक्त र शङ्कास्पद रहँदै आएको छ।

संसारभर चीनको लगानीलाई ट्र्याक गरिरहेको कन्सल्टेन्सी संस्था आरडब्लूआरका अनुसार हुवायेको भ्रष्टाचारको पैसाको आवत जावत नै अरबौँ डलर बराबरको हुने गरेको छ। सन् २०१९ कै तथ्यांक अनुसार हुवावेको घुस खोरी र भ्रष्टाचार बापतको डिल ५ बिलियन अमेरिकी डलर हुने गरेको थियो।

उनीहरूले राजनीतिक दलका नेतालाई प्रभावमा पार्दै ठेक्का पार्न सबैभन्दा धेरै लागि पर्ने गरेको विगतसमेत रहेको जनाइन्छ। अल्जेरियाको सवालमा पनि हुवावे र जेडटीइ कथित रूपमा १० मिलियन अमेरिकी डलर पूर्व टेलिफोन अपरेटर प्रमुख र ठेक्का पार्ने संस्थालाई दिइएको जनाइएको छ। सन् २०१२ मा अल्जेरियाको अदालतले पूर्व कार्यकारी र एक व्यापारीलाई घुस लिने दिने गरेको आरोपमा दोषी ठहर गरेको थियो। यसै स्किममा सरोकार राख्ने तीन चिनियाँ फर्मका अधिकारी भाग्न खोजे पनि १० वर्षको जेल सजाय तोकिएको थियो। त्यस पछि नै सरकारले सार्वजनिक विडिङमा हुवावे जेडटीइको उपस्थितिलाई नै बन्देज लगाएको हो।

घानामा हुवावेले सरकारी दलमाथि नै लगानी गरेको खुलेको हो। संसारका अन्य देशमा पनि हुवाये र चिनिया कम्पनी यसमा संलग्न भएको पाइएको छ। सन् २०१२ मा ४३ मिलियन अमेरिकी डलर कर छुट गराउन हुवावेले सत्तारुढ दल नेसनल डेमोक्रेटिक कङ्ग्रेसलाई प्रभावमा पार्न घुस दिएको प्रमाण विपक्षीहरूले फेला पारेका थिए।

सन् २०१२ को निर्वाचनमा सत्तारुढ दलको प्रचार प्रसारका लागि चिनियाँ टेलिकमले लाखौँ डलर दिएको डकुमेन्ट नै एलायन्स फर एकान्टेबल गोभर्मेन्स (एफएजी)ले फेला पारेको थियो। यस बापत कम्पनीलाई सरकारले १ सय ५० मिलियन अमेरिकी डलरको इ-गभर्मेन्ट प्लेटफर्म तयार गर्ने ठेक्का दिएको थियो।

सन् २०१७ मा सालमोन टापुमा पनि त्यस्तै भएको थियो। हुवावेले सत्तारुढ दललाई चुनावी अभियानका लागि सहयोग स्वरूप पाँच दशमलव २५ मिलियन अमेरिकी डलर सहयोग गरेको थियो। यसपछि सरकारले अष्ट्रेलियासँग जोड्ने सब मारिन फाइबर कनट्याक्टको ठेक्का दिएको थियो।

सरकारले हुवावेलाई नै ठेक्का दिन सबै प्रावधान समेत मिचेको थियो। हुवावेले यस कुराको खण्डन भनेको गरेको थियो। उसले राजनीतिक कुरामा आफ्नो कम्पनी कहिल्यै पन नमुछिएको दाबी गरेको थियो।

दक्षिण अफ्रिका, नाइजेरिया र पाकिस्तानमा यस्तै आरोप हुवावेमाथि नलागेको होइन। नथापी सो कम्पनी संसार भरी नै फाइभ जी नेटवर्क बनाउन तल्लीन छ। रोयटर्सले गरेको एक सर्वेक्षणका अनुसार चार वर्ष अघि नै हुवावेले फाइभ–जी उपकरणमा लागि विभिन्न २५ सम्झौता गरेको छ। यसरी अन्य टेलिकम अपरेटरसँगको सम्झौता धेरै घातक हुन सक्ने ठहर सोही समयमा भएको थियो।

सन् २०१७ मा चीनमा पनि भ्रष्टाचारको आरोपमा हुवावे मुछिएको थियो। कर्मचारीसमेत यसरी मुछिन थालेपछि हुवावे संसारमा झन् बदनाम हुँदै आएको थियो। संसारका अन्य देशमा झैँ नाइजेरियामा पनि सन् २०२० मा राजधानी अबुजाकी सिटी काउन्सीलर ब्रुन हिल्ड्स कार्नेलीयस विन्डहेयककममा फाइभ जी नेटवर्क स्थापना गर्ने सवालमा घुस खोरी प्रकरणमा मुछिएकी थिइन्। यी यावत आरोप झेलेको हुवावेमाथि सन् २०२० को अगस्टमा अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा अनेकौँ घुस खोरीमा संलग्न भएको आरोप लगाइएको छ।

हुवावे सुरक्षाका कारणले अनुपयुक्त मात्र होइन डरलाग्दो घुस खोरी प्रकरणमा समेत संसारका धेरै देशमा मुछिएको छ। हुवावेको प्रवेश जुन सुकै देशका लागि घातक साबित हुनसक्ने विगतमा धेरै तथ्याङ्कले देखाएको छ। स्रोतः भ्वाइस अफ अमेरिका, अल जजीरा, अमेरिकी दूतावास र रोयटर्स

प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्