क्यान्सरसंग लड्दै ‘नक्कली प्रचण्ड’, अस्पताल भर्ना
काठमाडौं, साउन १४ । हाँस्य कलाकार ‘क्यान्सरसंग लगड्दै ‘नक्कली प्रचण्ड’, अस्पताल भर्नाभक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएका छन् । यतिबेला क्यान्सरसँग संघर्ष गरिरहेका उनी शुक्रबार अस्पताल भर्ना भएका हुन् ।
दुई महिनादेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । तर पछिल्लो समयमा खाना नरुच्ने र पटकपटक दिसा लाग्ने समस्या भएपछि काठमाडौं मेडिकल कलेजमा परीक्षण गराउँदा उनलाई क्यान्सर पुष्टि भएको थियो ।
चिकित्सकका अनुसार उनमा ड्युडेनम भनिने पेटको आन्द्राको क्यान्सर भएको हो । उनको अहिले अस्पतालकै आईसीयू उपचार कक्षमा राखेर उपचार भइरहेको छ । बिरामी परेपछि उनको गाईजात्राको तयारी रोकिएको छ ।
अभिनेता गौतम अस्पताल भर्ना भएको खबर बाहिरिएपछि कलाकाहरुर उनलाई भेट्न अस्पताल पुगिरहेका छन् । नक्कली प्रचण्डको भूमिकामा गौतमले लामो समयदेखि टेलिभिजन र स्टेजमा अभिनय गर्दै आइरहेका छन् ।
प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार