राज्यमन्त्री बन्न कांग्रेसमा यसरी हुँदैछ ४ कराेडकाे खेल


 


काठमाडाैं, मंसिर १३

सत्तारूढ दल नेपाली कांग्रेसबाट ९ जना राज्यमन्त्री बन्ने खबर प्रचण्ड सरकार निर्माणदेखी नै चर्चामा छ । तर ९ महिना म्याद ताेकेरै बनेकाे प्रचण्ड सरकारमा कांग्रेसले अहिलेसम्म राज्यमन्त्रीकाे नाम बुझाउन सकेकाे छैन् ।

Nepali-congressबर्तमान सरकार गठन भएकाे पनि पाँच महिना पुग्न लाग्याे । यदि सहमति ताेडिएन भने अब प्रचण्ड सरकार करिब चार महिना चल्छ । याे अबधिमा राज्यमन्त्री बन्न कांग्रेसमा पैसा काण्ड छताछुल्ल हुन लागेकाे छ ।

पैसा बुझाएर चार महिना राज्यमन्त्री बन्नका लागि संखुवासभा क्षेत्र नं २ का सांसद दिपक खड्का मरिहत्ते गरेकाे कांग्रेसवृतमा चर्चा हुन थालेकाे छ । उच्च स्राेतका अनुसार खड्काले कांग्रेसका मुख्य नेताहरूलार्इ प्रलाेभनमा पार्न थालिसकेका छन् । कतिसम्म भने ४ कराेड रकम बुझाएरै भएपनि अाफू राज्यमन्त्री भइछाड्ने खड्काले बताउने गरेका छन् ।

यतिका रकम खड्काले बुझाएर किन राज्यमन्त्री बन्दैछन् भनेर कांग्रेस कार्यकर्तामा जिज्ञासा समेत हुन थालेकाे छ । यस्तै मकवानपुरका सांसद इन्द्र बानियाँ पनि राज्यमन्त्री बन्नका लागि नेताहरूलार्इ प्रभावित पार्न थालेकाे उच्च स्राेतले जानकारी दिएकाे छ ।

खड्का पाैडेल निकट हुन् भने बानियाँ खुमबहादुर निकट मानिन्छन् तर फाइदाका लागि देउवा निकट बनेकाे कांग्रेस नेताहरू बताउँछन् । कांग्रेसबाट कहिले र काे राज्यमन्त्री बन्छ अझै टुंगाे भने लागेकाे छैन् । पैसाकाे चलखेल हुन थालेपछि पुराना र इमान्दार कांग्रेसी नेताहरू राज्यमन्त्री बन्ने दाैडबाट विश्राम लिएकाे बतार्इन्छ ।

स्रोतका अनुसार ९ राज्यमन्त्रीमा वरिष्ठ नेता रामचन्द्र र शशांकलाई ३ जना, कृष्णप्रसाद सिटौला र खुमबहादुरलाई १-१ जना जना दिने तयारी छ । राज्यमन्त्रीका लागि दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, सुजता परियार, मोरङका दिलिप गच्छेदार, गुल्मीका शुवर्ण ज्वारचन, संखुवासभाका तारामान गुरूङ, ध्यानगोविन्द रञ्जित, सुनसरीका सीताराम मेहता, कास्कीका जीवन परियार चर्चामा छन्।

यस्तै काभ्रेका कञ्चनबादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं, कपिलवस्तुका सुरेन्द्र आचार्य, लक्ष्मी परियार लगायत चर्चामा छन् ।

प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्