थाइल्याण्डको पटका गोदाममा विस्फोट : ९ जनाको मृत्यु, दर्जनौँ घाइते


 


एजेन्सी, साउन १४
थाइल्याण्डको एक पटाका गोदाममा शनिबार भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।

दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक शहरमा भवन निर्माणको क्रममा वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।

नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले भने,’सुन्गाई कोलोकमा पटाका भण्डारण गर्ने गोदाममा आज अपराह्न विस्फोट भएको छ, बिस्फोटबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म नौ पुगेको छ भने ११५ जना घाइते भएका छन् । अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रारम्भिक अनुसन्धानले स्टिल वेल्डिङ प्रक्रियाको क्रममा प्राविधिक त्रुटि भएको देखाएको छ, किनकि भवन निर्माणाधीन छ ।’

स्थानीय सञ्चारमाध्यममा सार्वजनिक गरिएको फुटेजमा ठूलो मात्रामा धुवाँ हावामा उडिरहेको र विस्फोटका कारण थुप्रै पसल, घर र सवारी साधनमा नराम्रोसँग क्षति पुगेको देखिएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्