आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास


 


एजेन्सी । युक्रेनमा रुसी आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास बनेका छन् ।

युक्रेनको ओदेसामा रहेको चिनियाँ वाणिज्य दूतावासको भवनमा रुसी मिसाइल र ड्रोन हमलामा क्षति पुगेको क्षेत्रीय गभर्नर ओलेह किपरले बिहीबार बताएका हुन् ।

चीनको सहयोगीको रुपमा रहेका रुसले क्रिमियन ब्रिज आक्रमणको स्पष्ट बदला स्वरूप युक्रेनी बन्दरगाह सहर ओडेसा र माइकोलाइभमा लगातार तेस्रो रात हमला गर्यो ।

सोही हमलको क्रममा चिनियाँ बाणिज्य दूतावास माथि आक्रमण भएको अन्तरराष्टिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्