फिलिपिन्समा डुंगा पल्टिँदा २१ जनाको मृत्यु


 


एजेन्सी । फिलिपिन्समा डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको छ ।

बिहीबार राती राजधानी मनिला नजिकै डुंगा पल्टिंदा त्यसमा सवार २१ जनाको मृत्यु भएको हो । दुर्घटनाबाट ४० जनालाई जिवितै उद्धार गरिएको छ ।

स्थानीय कोस्ट गार्डका अनुसार तीव्र हावा चल्दा डुंगामा रहेका यात्रुहरू डराएर एकै ठाउँमा जम्मा भएका कारण असन्तुलित भई डुंगा पल्टिएको हो ।

अन्तर्राष्ट्रि सञ्चार माध्यमका अनुसार उद्धारकर्ता कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्