पुरानै मन्त्रिमण्डल लिएर कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्रीमा पदबहाली गर्दै कार्की


 


काठमाडौं, साउन १२
कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रवार कामचलाउ सरकारको मुख्यमन्त्रीमा पदवहाली गर्ने भएका छन ।

सर्वोच्च अदालतको फैसलाले नेपाली कांग्रेस संसदीय दलका नेताको नियुक्तिलाई असंवैधानिक घोषणा गरिदिएपछि तत्कालीन मुख्यमन्त्री कार्की पुनः पदवहाली गर्ने भएका हुन् ।

अब साउन १७ गतेसम्मका लागि कार्की कामचलाउ मुख्यमन्त्री हुनेछन् । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेसँगै कामचलाउ सरकारको जिम्मा उनले पाएका छन् ।

पुनः कार्कीको पदबहालीसँगै उनी मुख्यमन्त्री रहँदा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरू पनि मन्त्रालय जाने बताइएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्