संविधान संशोधनले संविधान कार्यान्वयनमा संकट उत्पन्न हुने : विष्ट
पोखरा, मंसिर १३
नेकपा एमालेका सचिव गोकर्ण विष्टले संविधान संशोधनले संविधान कार्यान्वयनमा संकट उत्पन्न हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल कास्कीले सोमबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानलाई संकटबाट जोगाउन एमालेले सदन र सडकबाट आन्दोलन चर्काउने बताए ।
सचिव विष्टले कसैको इसारा र स्वार्थ पूरा गर्ने गरी ल्याइने संशोधन प्रस्ताव एमालेले स्वीकार गर्न नसक्ने पनि प्रस्ट पारे ।
५ नम्बर प्रदेशका तराई र पहाडी जिल्लालाई संविधान संशोधनबाट छुट्टाउने प्रयास गलत भएको उनको भनाइ थियो ।
प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार