नाइजरमा देशको शासन सत्ता सेनाले लिएको घोषणा


 


एजेन्सी, साउन ११
अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ ।

कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको शासन सत्ता सेनाले लिएको घोषणा गरेका हुन् ।

सेनाले संविधान विघटन गर्दै देशका सबै संघसंस्था पनि निलम्बन गरेको छ ।

पश्चिम अफ्रिकी देश नाइजरले आफ्ना सम्पूर्ण अन्तराष्ट्रिय सिमानाका बन्द गरेको छ । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्