सुनको भाउ आज पनि बढ्यो


 


goldकाठमाडौं, मंसिर १३

सुनको भाउ सोमबार तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन सोमबार तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर ५४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै चाँदीको भाउ पनि सोमबार तोलामा १० रुपैयाँले बढेर ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्