भारतीय प्रधानमन्त्री मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरिँदै


 


एजेन्सी, साउन १०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आज बुधवार संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरिने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ विपक्षी गठबन्धन ‘इन्डिया’ले लोकसभामा प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको हो ।

मणिपुरमा भड्किएको हिंसाका विषयमा संसद्मा अधिकतम चर्चा गर्न अविश्वासको प्रस्ताव सहायकसिद्ध हुने विपक्षी दलको विश्वासको छ । विपक्षी दलले मणिपुर घटनामा प्रधानमन्त्रीले जिम्मेवार देखाउने प्रयास थाल्ने भएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउन सांसदहरूको हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ । भारतीय कांग्रेसका नेता अधीर रञ्जन चौधरीले आज अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ५० सांसदको हस्ताक्षर चाहिन्छ भने प्रस्ताव पारित हुन ५१ प्रतिशत समर्थन चाहिन्छ ।

प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्