भारतीय कप्तान कौरलाई प्रतिबन्ध लाग्ने सम्भावना
एजेन्सी । भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरलाई अन्तर्राष्ट्रिय क्रिकेटमा दुई खेलमा प्रतिबन्ध लाग्ने उच्च सम्भावना रहेको छ ।
गत शनिबार बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा आउट भएपछि कौरले आफ्नो ब्याटले स्टम्प हान्नुको साथै अम्पायर तनविर अहमदलाई गाली गरेकी थिइन् ।
त्यतिमात्रै होईन खेल सकिएपछि उनले अम्पायविरुद्ध नराम्रो आलोचना गरेकी थिइन् । कौरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले दुई खेलमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । उनले आसिसीको नियम अनुसार लेभल २ को गल्ती गरेकी छिन् । आसिसीको आचार सहिता लेभल २ उलङ्घनले खेलाडीको ब्यवहार जनाउँछ ।
उनी स्लिपमा आउट भएपछि अम्पायर तनविर अहमदलाई गाली गरेकी थिइन् । त्यसैले उनले रिसले चुर हुँदै आफ्नो ब्याटले स्टम्प हान्न पुगेकी थिइन् । यस गल्ती गरेवापत उनलाई तीन डिमेरिट प्वाइन्ट मिल्नेछ । सार्वजनिक रुपमा अम्पायरको आलोचना गरेको हुँदा थप उनलाई एक डेमीरेट प्वाइन्ट मिल्नेछ । उक्त खेलपछि कौरले प्रेस कन्फ्रेन्समा दयनीय अम्पायर भन्दै चर्को आलोचना समेत गरेकी थिइन् ।
उनलाई कुल ४ डेमीरेट प्वाइन्टको लागि सिफारिस गरिएको छ । आइसिसीले यस विषयमा भारतीय क्रिकेट बोर्डसँग कुराकानी गरिरहेको छ । आइसिसीले चाँडैनै हरमनप्रीत कौरलाई प्रतिबन्ध सुनाउनेछ ।
कुनैपनि खेलाडीले २४ महिना भित्रमा ४ देखी ७ डेमीरेट प्वाइन्ट पाएमा आइसिसीको नियम अनुसार एक टेस्ट, दुई ओडिआई वा दुई टि२० खेल प्रतिबन्ध लाग्नेछ ।
अव भारतीय महिला टोलीले जुन पहिला खेल खेल्छ उनलाई त्यहिँ खेलमा प्रतिबन्ध लाग्नेछ । टेस्ट खेले एक खेल नभए दुई खेल प्रतिबन्ध लाग्नेछ । उनी आइसिसीको आचार सहिंता लेभल २ उलंङ्घन गर्ने पहिला मलिा क्रिकेट खेलाडी समेत बन्नेछिन् ।
प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलबार