भारतको महाराष्ट्रमा पहिरोमा परी २७ जनाको मृत्यु, ६० बेपत्ता
मुम्बई । भारतको महाराष्ट्र राज्यमा पहिरोमा परी २७ जनाको मृत्यु भएको छ भने ६० जना बेपत्ता भएका छन् ।
मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा भारी वर्षासँगै खसेको पहिरोमा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएको छ ।
भग्नावशेषमा खोजी भइरहेको रायगडका जिल्ला अधिकारी योगेश म्हसेले आइतबार एएफपीलाई बताएका छन् । उक्त क्षेत्रमा अविरल वर्षा भइरहेकाले खोजलाई चुनौतीपूर्ण बनाएको छ ।
जिल्ला अधिकारी म्हसेले खोज तथा उद्धार चौथो दिनमा प्रवेश गरेको र जीवित भेटिनेमा आफू आशावादी नभएको बताएका छन् ।
प्रकाशित मिति: ७ श्रावण २०८०, आइतबार