नेपाली चलचित्र ‘जारी’ले मनायो सयदिन, कति कमायो ?


 


काठमाडौं, साउन ६ । नेपाली चलचित्र ‘जारी’ले आज (शनिबार) प्रदर्शनको एक सय दिन मनाएको छ । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ बैशाख १ बाट प्रदर्शनमा आएको थियो ।

निर्माता रामबाबु गुरुङले क्यूएफएक्सको सेन्ट्रल सिनेमा, बिग मूभिज र एफक्यूब हलमा सयदिन प्रदर्शन भएको बताए । अभिनेता राई, अभिनेत्री मगरसहित फिल्म क्रिउले सामाजिक संजालमार्फत सयौं दिनको खुशि व्यक्त गरिरहेका छन् ।

उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले नेपाली बक्सअफिसमा असार मसान्तसम्म १७ करोड १७ लाख ९५ हजार रुपैयाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार ‘जारी’को कमाइ ‘छक्कापञ्जा ४’ भन्दा ३५ लाख रुपैयाँले मात्र पछि छ ।

सयदिन मनाउन निर्माताले शनिबार ‘सक्सेस सेलिव्रेसन’ समारोह आयोजना गरेका छन् । ‘कबड्डी’ निर्माता तथा निर्देशक रामबाबु गुरुङको यो लगातार तेस्रो हिट फिल्म हो । ‘कबड्डी ४’, ‘फूलबारी’पछि ‘जारी’ले बक्सअफिसमा कीर्तिमान रचेको हो ।

‘जारी’ले विदेशमा समेत राम्रो कमाइ गरेको थियो । मध्यपूर्व, अष्ट्रेलिया, बेलायत लगायतका थलोमा फिल्मले आक्रामक कमाएको तथ्यांक छ ।

प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्