रोयल्टी नतिर्ने रेडियो, टिभीले गीत बजाउन नपाउने


 


काठमाडौं, साउन ५ । रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले अबदेखि गीत बजाउन नपाउने भएका छन् । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले स्रष्टालाई गीतको रोयल्टी नतिर्ने रेडियो र टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकले रोयल्टी नतिर्ने रेडियो, टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष तथा संगीतकार चेतन सापकोटाले बताए । यदि बजाइएको पाइए कानुनी कारबाहीका लागि अघि बढ्ने उनले बताए ।

उनका अनुसार संगीतकार संघले संगीतका सबै विधाहरु लोकदोहोरी, पप, हिपहप लगायतका स्रष्टालाई समेत बोलाएर रोयल्टी नतिर्ने रेडियो र टिभीमा गीत बजाउन नदिनेबारे घोषणा गर्ने समेत तयारी गरेको छ ।

प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्