कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, नेताहरूले धारणा राख्ने


 


काठमाडौं, साउन ४
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरु हुन लागेको हो ।मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आज तेस्रो दिन पनि नेताहरूले आ-आफ्नो धारणा राख्नेछन् ।

हिजो केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले विभिन्न धारणा राख्दै पार्टी नेतृत्वलाई सुझावहरू दिएका छन् । अधिकांशले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

कांग्रेसले वडादेखि केन्द्रसम्म संरचना बनाएपनि नेतृत्वमा केन्द्रिकृत मानसिकता हट्न नसकेको अधिकांश नेताले बताएका छन् । प्रदेश सभापतिहरूले पनि प्रदेश समितिलाई बेवास्ता गरिएको पार्टी विधि र विधानअनुरुप चल्न नसकेको गुनासो गरे ।

केही सदस्यले गठबन्धनको समर्थन गरेका थिए भने केहीले चुनावअघिको गठबन्धन आवश्यक नरहेको बताएका छन् । हिजो ४६ जनाले धारणा राखेका थिए ।

प्रकाशित मिति: ४ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्