हिलारी क्लिन्टन यी तीन राज्यको नतिजा उल्टिए राष्ट्रपति हुने पक्का


 


काठमाडौं, मंसिर १२ (बिबिसी)

hilari-clintonअमेरिकाको विस्कन्सिन राज्यको निर्वाचन आयोगले त्यहाँ भएको राष्ट्रपतीय चुनावमा खसेको मतको पुन: गणनाका लागि आफूलाई अनुरोध गरिएको बताएको छ। त्यस्तो औपचारिक अनुरोध ग्रीन पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार रहेकी जिल स्टेनले गरेकी हुन्।

विस्कन्सिनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प झिनो मत अन्तरले विजयी भएका थिए। विस्कन्सिन राज्यका अधिकारीहरुले मत पुन: गणना गर्न भनेर आएको अनुरोधबारे के गर्ने भन्ने सम्बन्धमा आफूहरुले तयारी गरिरहेको बताएका छन्।

तर, त्यस्तो अनुरोध गरेकी ग्रीन पार्टीकी राष्ट्रपतीय उम्मेदवार जिल स्टेनले आफ्नो ट्वीटमा पुन: मतगणनाको प्रक्रिया आगामी साता सुरू हुने बताएकी छन्।

उनले मिशिगन र पेन्सिलभेनिया राज्यमा पनि पुन: मतगणनाका लागि औपचारिक अनुरोध गर्ने घोषणा गरेकी छन्। ‘ती तीनवटै राज्यको नतिजा उल्टिएमात्रै राष्ट्रपति पदमा हिलरी क्लिन्टन विजयी हुनेछिन्। तर त्यो सम्भावना ज्यादै न्यून छ,’ विश्लेषकहरू भन्छन्।

कम्युटर ह्याकरहरुले ट्रम्पलाई जिताउनका लागि नतिजा फेरबदल गरे, नगरेको निश्चित हुनका लागि स्टेनले पुन: मतगणनाको निवेदन हालेकी अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

ती तीनवटै राज्यको नतिजा उल्टिएमात्रै राष्ट्रपति पदमा हिलरी क्लिन्टन विजयी हुनेछिन्। तर, त्यो सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरू बताउँछन्।

इलेक्टोरल कलेजमा विस्कन्सिनको १० मत छ भने मिशिगनको १६ र पेन्सिलभेनियाको २० मत छ। ट्रम्पले २९० र क्लिन्टनले २३२ इलेक्टोरल मत पाएका थिए।

मिशिगनमा भने अझै औपचारिक नतिजा आउन बाँकी छ। मतदान हुनुअघि चुनावी प्रणालीमा सम्भावित रुसी हस्तक्षेपबारे चिन्ताहरु व्यक्त भएका थिए।

डेमोक्र्याटिक पार्टीको सम्मेलन सम्बन्धमा विवरणहरु बाहिरिएको घटनामा पनि रुस संलग्न देखिएको भन्दै ट्रम्पलाई जिताउनका लागि उसले कम्युटर प्रणालीमा हस्तक्षेप गर्न सक्ने आशंकाहरु व्यक्त हुंदै आएका थिए।

प्रकाशित मिति: १२ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्