बालेनप्रति करिश्माको कटाक्ष- ५ लाखको विज्ञापन गरिदिनुभयो


 


काठमाडौं, साउन ३ । जथाभावी पोस्टर टाँस्दा दृश्य प्रदूषण भएको भन्दै काठमाडौं महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई ५० हजार रुपैयाँको जरिवाना गराएपछि अभिनेत्री करिश्मा मानन्धरले बालेनप्रति कटाक्ष करेकी छन् ।

फिल्मको विशेष शोको तस्वीर सेयर गर्दै उनले क्याप्सन लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो । कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन ।’

यसैगरि ‘बगान’का निर्माता सुरेश वाग्लेले पनि जरिवानाको रसिद सेयर गर्दै लेखेका छन्, ‘बालेनजी आदिपुरुष हिन्दी सिनेमालाई त रोक्नुभयो । नेपाली सिनेमालाई पनि सहयोग गरिदिनुहोला । वातावरण प्रदुषण विरुद्धको महानगरको अभियानमा हाम्रो साथ र सहयोग सदैव रहनेछ ।’ दुबैजनाका स्टाटसमा विभिन्न खाले टिप्पणी आइरहेका छन् ।

शुक्रबार प्रदर्शनमा आएको सरोज खनालको डेब्यु निर्देशन रहेको ‘बगान’मा करिश्मा मानन्धर, सरोज खनाल, प्रमिला कार्कीलगायतको शीर्ष भूमिका छ ।

प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्