काठमाडौं महानगरले तिरायो फिल्मको पोष्टर टाँस्नेलाई ५० हजार जरिवाना


 


काठमाडौं, साउन २ । काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’को पोष्टर वितरकले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

फिल्मको वितरक नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

प्रकाशित मिति: २ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्