प्रदर्शनको सय दिन मनाउँदै ‘जारी’
काठमाडौं, साउन २ । नेपाली चलचित्र ‘जारी’ले हलमा प्रदर्शनको सय दिन मनाउने भएकाृ छ । गत वैशाख १ गते प्रदर्शनमा आएको फिल्मले मंगलबार ९६औँ दिन मनाइसकेको छ ।
साउन ६ गते फिल्मले प्रदर्शनको सय दिन मनाउनेछ । फिल्मका वितरक मनोज राठीले फिल्मले उपत्यका बाहिरका हलमा ८०, ९० दिन बनाएको जानकारी दिए ।
विदेशी भूमिमा समेत आक्रामक कमाई गरेको फिल्मले सोमबार दार्जिलिङमा प्रदर्शनको ५१औँ दिन मनाएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बालगायतको अभिनय छ ।
फिल्मले घरेलु बजारमा साढे १४ करोड बढी कमाएको निर्माण युनिटले जनाएको छ । लिम्बू समुदायमा प्रचलित जारी प्रथाको कथामा फिल्म निर्माण भएको हो ।
प्रकाशित मिति: २ श्रावण २०८०, मंगलबार