कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा


 


काठमाडौं, असार २
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो ।

बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय छ ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयमा पाि छलफल हुनेछ । यस्तै बैठकले नीति महाधिवेशनको मिति तोक्ने सम्भावना छ ।

कांग्रेस महानमन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । तर, आजको बैठकमा संस्थापन पक्षले महामन्त्रीद्वय थापा र शर्मालाई नै प्रश्न उठाउने तयारी गरेको छ ।
बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका थिए ।

यी हुन् बैठकका एजेन्डा :
– समसामयिक विषय ।
– सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव ।
– कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरू अनुमोदन ।
– पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।
– नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।
– विभाग गठनसम्बन्धी प्रस्ताव ।
– एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।
– अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव ।
– प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।
– सरकारमा पार्टीको भूमिकाबारे उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराउने ।

प्रकाशित मिति: २ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्