नेपाल र बंगलादेशबीचको दोस्रो खेल आज


 


काठमाडौं, असार ३१ । नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीबीचको दोस्रो अन्र्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।

ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा खेल नेपाल समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ ।

फिफा डेटमा भइरहेको मैत्रीपूर्ण खेलको पहिलो खेल बिहीबार भएको थियो । त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो । बंगलादेशको गर्मी मौसमका कारण केहि कठिनाई भएपनि आक्रमण फुटबल खेल्ने नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले बताएका छन् ।

उनले बंगलादेश हालको साफ च्याम्पियन टोली रहेको उल्लेख गर्दै भने, ‘मैले भन्दै आएको छु पछिल्लो केहि वर्षमा बंगलादेशले महिला फुटबलमा राम्रो गरिरहेको छ । त्यसै कारण साफ च्याम्पिनसिपको च्याम्पियन टोली हो । टोलीको हामी सम्मान गर्छौ । जहाँ सम्म खेलको कुरा छ हामी जित्नका लागि हरसम्भव प्रयास गर्नेछौं ।’

सावित्रा भण्डारी सम्बाले इन्जुरी समयमा गोल गर्दै पहिलो खेलमा नेपाललाई हारबाट जोगाएकी थिइन् । बंगलादेशकी कप्तान सविना खातुनले पहिलो हाफमा गोल गर्दै नेपालमाथि दबाब दिएकी थिइन् । ४ मिनेट थप इन्जुरी समयमा सावित्राले गोल गर्दै टोलीको हार टारेकी थिइन् ।

गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपपछि बिहबिार यि दुई टोलीले एकअर्काको सामना गरेका थिए । त्यति बेला पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने क्रममा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । नेपालले अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन ।

नेपाल र बंगलादेशबीच यसअघि १० पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल ६ पटक जितेको थियो भने ३ खेल बराबरीमा टुंगिएको थियो । एक मात्र खेलमा बंगलादेश विजयी भएको थियो ।

नेपाली महिला फुटबल टोली
गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ
डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा
मिडपिफल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक – अनन्त राज थाप ९मुख्य प्रशिक्षक०, पारस चौधरी ९सहायक प्रशिक्षक०, सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)
व्यवस्थापक – विन्द्रा देवान

प्रकाशित मिति: ३१ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्