साउन १ गतेदेखि विदेशी च्यानल बन्द हुने !
काठमाडौं, असार ३० । आगामी साउन १ गतेदेखि नेपालमा सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएका छन् ।
सूचना तथा प्रसारण विभागले ‘आलाकार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको प्याकेजहरू प्राप्त नभएले बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।
भारतीय सशुल्क अर्थात पे टिभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘आलाकार्ट’ प्रणाली लागू गर्न सहयोग नगरेको सरकारको आरोप छ ।
आलाकार्ट शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली भएकोले यो उपभोक्तालाई हित हुने प्रणाली हो । यो प्रणाली छिमेकी देश लगायत विश्वका धेरै मुलुकमा प्रचलनमा छ ।
भारतीय च्यानलहरूको छाता सङ्गठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरूको प्याकेज बनाएर छुट्टा–छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको थियो ।
प्रकाशित मिति: ३० असार २०८०, शनिबार